Welcome to Mohanmaya Secondary School

किन मोहनमाया माध्यमिक विद्यालय

 

मोहनमाया माध्यमिक विद्यालय रोज्नुपर्ने प्रमुख कारणहरू

  1. दीर्घकालीन शैक्षिक परम्परा
    • वि.सं. २०२४ सालमा स्थापना, ५० वर्षभन्दा बढीको शैक्षिक अनुभव र उत्कृष्टता।
  2. उत्कृष्ट शैक्षिक उपलब्धि
    • लगातार SLC/SEE मा जिल्लास्तरीय उत्कृष्टता।
    • शैक्षिक सत्र २०७९ मा राष्ट्रिय स्तरमा उत्कृष्ट विद्यालयको सूचिमा समावेश।
    • शैक्षिक सत्र २०८० मा झापामा सबैभन्दा धेरै विद्यार्थीको GPA ३.६० देखि ४.०० को वर्गान्तर प्राप्त।
  3. समावेशी र विविध विद्यार्थी समुदाय
    • ब्राह्मण, क्षेत्री, दलित, आदिवासी, लिम्बु, राई, राजवंशी, चौधरी, सन्थाल लगायतका विभिन्न जातजातिको समावेश।
  4. समुदायको सक्रिय सहभागिता
    • समाजसेवी प्रेमबहादुर श्रेष्ठ, उहाँको परिवार र स्थानीय अभिभावकहरूको सक्रिय सहयोग।
    • विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक स्रोतहरूको विकासमा महत्त्वपूर्ण योगदान।
  5. आधुनिक भौतिक पूर्वाधार
    • ७ भवनमा ५८ कोठाहरू सहितको सुविधासम्पन्न शैक्षिक वातावरण।
    • प्राविधिक शिक्षा र प्रयोगात्मक सिकाइका लागि अत्याधुनिक प्रयोगशालाहरू।
    • बालकक्षादेखि कक्षा १२ सम्मको पठनपाठनको सुविधा।
    • सिभिल इन्जिनियरीङ्ग र हाइड्रोपावर इन्जिनियरीङ्गमा डिप्लोमा तहका प्राविधिक कार्यक्रम।
    • व्यावसायिक कौशल विकासका लागि अप्रेन्टिसिप कार्यक्रम।
  6. सुविधाजनक स्थान
    • पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको, विर्तामोड मुक्तिचोकबाट केवल १.५ किमी पश्चिममा अवस्थित।