Welcome to Mohanmaya Secondary School

हाम्रो बारेमा

 

मोहनमाया माध्यमिक विद्यालय, विर्तामोड नगरपालिका, चारपाने, झापा, नेपालको शैक्षिक इतिहासमा एउटा समर्पित र प्रेरणादायी संस्था हो, जसले शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई मूर्त रुप दिन सफल भएको छ।

वि.सं. २०२४ सालमा साविक चारपाने गाविस, करुवाभिट्टामा "प्राथमिक पाठशाला केन्द्र नं. " का रूपमा फुसको झुपडीबाट स्थापना भएको यो संस्था आज ५८ वटा कोठा रहेको ७ वटा पक्की भवनसहितको आधुनिक शैक्षिक केन्द्रका रूपमा परिणत भइसकेको छ।

समाजसेवी श्री प्रेमबहादुर श्रेष्ठद्वारा विद्यालयको संरचनागत विकासमा महत्त्वपूर्ण योगदान दिइएपछि उहाँकी आमाको सम्मानमा विद्यालयको नाम मोहनमाया प्राथमिक विद्यालय राखिएको हो। उहाँकै सहयोगमा ४ कोठे जस्तापाताको छानो भएको भवन निर्माण गरी, विद्यालयले नयाँ मोड लिएको थियो। वि.सं. २०५३ मा निम्न माध्यमिक र वि.सं. २०६८ मा माध्यमिक तहको स्वीकृति प्राप्त गरेपछि विद्यालयले शिक्षाको स्तरमा अभूतपूर्व प्रगति गर्दै गएको छ।

वि.सं. २०६९, २०७० र २०७१ को एस.एल.सी. परीक्षामा लगातार जिल्ला प्रथम हुने गरिमा प्राप्त गर्दै, विद्यालयले आफ्नो गुणस्तरीय शिक्षाको उपस्थिति प्रमाणित गर्‍यो। शैक्षिक सुधार र सुशासनको दृष्टिले विद्यालयमा उत्कृष्ट रहेको छ ।

विशेषगरी, शै.. २०७९ मा एस... परीक्षामा राष्ट्रिय स्तरमा उत्कृष्ट विद्यालयको सूचीमा पर्नु र २०८० मा झापा जिल्लाभर ३.६० देखि ४.०० सम्मको GPA ल्याउने सबैभन्दा धेरै (३७ जना) विद्यार्थी उत्पादन गर्नु विद्यालयको शैक्षिक क्षमताको उदाहरण हो। कक्षा १२ मा समेत विद्यालयले कोशी प्रदेशमै उत्कृष्ट प्रदर्शन गरेको छ।

विद्यालयमा शै.स. २०८१ मा बालकक्षा देखि कक्षा १२ सम्म २,३२८ विद्यार्थी तथा सिभिल र हाईड्रोपावर इञ्जिनियरिङ डिप्लोमा तहमा १२४ जना र अप्रेन्टिसिप कार्यक्रममा ६५ जना गरी कुल २,५१७ विद्यार्थी अध्ययनरत छन्।

भौगोलिक दृष्टिले विद्यालय विर्तामोड न.पा.–, रामचौक नजिकै पूर्वपश्चिम लोकमार्गसँग जोडिएको छ, जहाँ दक्षिणमा मुख्य राजमार्ग, पश्चिममा चारपाने चोक, पूर्वमा विर्तामोड बजार र उत्तरमा अर्जुनधारा नगरपालिका पर्दछ। अक्षांश २६.६४०, देशान्तर ८७.९७० र समुद्री सतहबाट १२९ मिटरको उचाइमा अवस्थित विद्यालय पहुँचयोग्य र सुरक्षित स्थानमा रहेको छ।

सामाजिक बनोटका हिसाबले यो क्षेत्र आदिवासी, ब्राह्मण, क्षेत्री, राजवंशी, चौधरी, सन्थाल, लिम्बु, राई, गुरुङ, दलित लगायत विविध जातजाति र संस्कृतिको संगम हो। हिन्दू धर्मावलम्बी बहुल भए पनि अन्य धर्मावलम्बीहरुको समेत उपस्थिति रहेको यस क्षेत्रमा सबै जात धर्मबीच आपसी सद्भाव कायम रहँदै आएको छ।

मोहनमाया माध्यमिक विद्यालय केवल एक शैक्षिक संस्था होइन, यो हाम्रो समाजको साझा सपना, मूल्य र सम्भावनाहरूको प्रतीक हो।

विद्यालयका प्रमुख विशेषताहरू (Key Features of the School)

1.     दीर्घकालीन शैक्षिक इतिहास

Ø वि.सं. २०२४ सालमा स्थापना, ५० वर्षभन्दा बढी शैक्षिक सेवा अनुभव।

2.     गुणस्तरीय शैक्षिक उपलब्धि

Ø लगातार SLC/SEE मा जिल्ला प्रथम।

Ø शै.. २०७९ मा राष्ट्रिय स्तरमा उत्कृष्ट विद्यालयको सूचिमा समावेश।

Ø शै.. २०८० मा झापामा सबैभन्दा धेरै विद्यार्थीको GPA वर्गान्तर.६०.०० प्राप्त

3.     समावेशी र विविध विद्यार्थी समुदाय

Ø ब्राह्मण, क्षेत्री, दलित, आदिवासी, लिम्बु, राई, राजवंशी, चौधरी, सन्थाल आदि जातजातिको समावेश।

4.     सामुदायिक सहभागिता र सहयोग

Ø समाजसेवी प्रेमबहादुर श्रेष्ठ र उहाँको परिवारमन सदस्य तथा स्थानीय अभिभावकहरूको सक्रिय सहयोगमा भौतिक पूर्वाधारको विकास।

5.     आधुनिक भौतिक पूर्वाधार

Ø ७ भवनमा ५८ कोठा।

Ø प्राविधिक शिक्षा सहितका प्रयोगशालाहरू

Ø साधारण धारतर्फ बालकक्षादेखि कक्षा १२ सम्म पठनपाठनको सुविधा

Ø प्राविधिक धारतर्फ डिप्लोमा तहको सिभिल इन्जिनियरीङ्ग र हाइड्रोपावर इन्जिनियरीङ्ग विषय पठनपाठनको हुने

Ø अप्रेन्टिसिप कार्यक्रम ब्यवस्था । 

6.     सुविधाजनक स्थान

Ø पूर्वपश्चिम लोकमार्गसँग जोडिएको, विर्तामोड  मुक्तिचोकबाट केवल १.५ किमी पश्चिम ।

     7.    हाम्रो मिशन

Ø "बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने, शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्ने, तथा भविष्यका चुनौतीहरू सामना गर्न सक्षम, बहुआयामिक व्यक्तित्व विकासमा योगदान पुर्‍याउने गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो प्रमुख उद्देश्य हो।"

     8.    हाम्रो दृष्टि

Ø "शैक्षिक उत्कृष्टता र समग्र विकासका लागि मापदण्ड निर्धारण गर्ने, नेपालको एक अग्रणी शैक्षिक संस्थाका रूपमा मान्यता प्राप्त हुने हाम्रो लक्ष्य हो।"